काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हराएको भनिएको खोप खोज्न छानबिन समिति गठन गरेको छ ।
कोभिड – १९ विरुद्धको २४ लाख डोज खोप हराएको भन्दै चौतर्फी आवाज उठेपछि मन्त्रालयले पाँच सदस्यीय समिति बनाएको हो । मन्त्रालयले समितिलाई दुई हप्ताभित्र प्रतिवेदन बुझाउने गरि कार्यभार तोकेको छ ।
कोरोना महामारी तिब्ररुपमा बढिरहँदा मन्त्रालयले २४ लाख मात्रा खोप रेकर्डमा नभएको जनाएको थियो । ठूलो संख्यामा खोप हराएको भन्दै खोप व्यवस्थापनलाई लिएर सरकारको आलोचना भइरहँदा मन्त्रालयले छानबिन समिति बनाएको हो ।
उक्त समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar