बारा – बारा जिल्लाको फेटा गाउँपालिका वडा नम्बर ५ मा राष्ट्रिय युवा संघ नेपालको वडा भेला शनिवार सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल बाराको अध्यक्ष क. पुरूषोत्तम साहको प्रमुख अतिथित्यमा कार्यक्रम सम्पन्न भएको छ सो कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल बाराको अध्यक्ष क. पुरुषोत्तम साहले अब युवाको सुत्ने समय नभई राजनितिमा लागेर समाज र देशको विकास गर्न अग्रसर हुनुपर्ने बताउनु भयो ।
त्यसै गरी युवा शक्तिले नै संसारमा उल्लेखनीय क्रान्ति भएको यस वडामा युवाहरु सिजर्नात्मक कार्यमा लागि समाजको मुहार परिवर्तन गर्न जिल्ला अपिल गर्नु भएको थियो । यस्तै अधिवेशनले सेयाज अंसारीको अध्यक्षतामा ३५ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
जसको उपाध्यक्ष तफिकल्लाह अंसारी, सचिव अमजद अंसारी, सह-सचिव राजन कुमार मण्डल, समसाद अंसारी, कोषाध्यक्ष इरसाद अंसारी लगायत ३५ सदस्यिय समिति चयन भएको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथि नेकपा (एमाले) फेटा गा.पा. अध्यक्ष सदाम अंसारी र प्रदेश क्षेत्रिय अध्यक्ष सन्नी गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar