पोर्चुगल – युरोपेली मुलुक पोर्चुगलमा एक नेपाली युवकले आत्महत्या गरेका छन् ।
विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३८ वर्षीय तर्कराज भट्टले बिहीबार रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई बस्ने घरभन्दा केही परको स्थानमा गएर रुखमा डोरी लगाएर झुन्डिएको अवस्थामा प्रहरीले भेटेको थियो ।
भट्ट पोर्चुगलको आल्बुफेइरामा बस्दै आएका थिए । उनी सोही क्षेत्रमा एउटा कृषि फार्ममा काम गर्थे । उनको शवलाई प्रहरीले पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखेको गैरआवासीय नेपाली संघ पोर्चुगलका महासचिव राजकुमार थापाले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar