धादिङ – धादिङको गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतमाथी हातपात भएको भोलीपल्ट नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका धादिङ ईन्चार्ज दिपक खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ नेकपा एमाले धादिङका जिल्ला सदस्यसमेत रहेका गजुरी गाँउपालिका अध्यक्ष बस्नेतमाथी एक बिवाह समारोहमा सहभागी हुन गएका बेला कुटपिट भएको थियो । बस्नेतमाथीको कुटपिटलाई एमाले गजुरी गाँउपालिका कमिटीले भने सुनियोजित् ढंगले आक्रमण भएको बताएको छ । एमाले गजुरी गाँउपालिका कमिटीका अध्यक्ष माधव भण्डारीद्धारा हस्ताक्षरित् विज्ञप्तिमा अध्यक्ष बस्नेतमाथीको बुटपिट सुनियोजित् भएको भन्दै दोषीमाथी कारवाहि गर्न समेत माग गरिएको छ ।
उक्त घटनाप्रति प्रहरीले गोप्य रुपमा छानबिन गरीरहँदा बिहिबार दिँउसो एमाले युवा संघका जिल्ला अध्यक्षसमेत रहेका खतिवडालाई प्रहरीले पक्राउ गरेको हो। यद्धपी खतिवडाले गजुरी गाँउपालिका वडा नं. ७ स्थित् किरान्चोकका स्थानिय नानिराम पराजुलीमाथी कुटपिट गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । खतिवडालाई अहिले ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको प्रहरी श्रोतले जनाएको छ ।
खतिवडाले हातपात गरेका पराजुली नेपाली काँग्रेस गजुरी गाँउपालिकाका सहसचिव हुन् । यसअघी उनी नेकपा एमालेमा थिए । तर गत केहिसमयअघी नेकपा एमाले विभाजित् भएका बखत उनी एमाले परित्याग गरी नेपाली काँग्रेस प्रबेश गरेका थिए । सोहि विषयलाई लिएर खतिवडाले पटक पटक धम्क्याउने गरेकोसमेत पराजुलीले बताँउदै आएका थिए ।
पक्राउ परेका खतिवडाले यसअघीपनि आदमघाटमा एक होटल संचालिका सहित स्थानिय युवाहरुमाथी आक्रमण गरेका थिए । यद्धपी त्यतिबेला प्रहरीले भने उक्त घटना मिलापत्र गराएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar