हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्देशन विपरीत दुई सांसदले भने बागमती प्रदेशमा मतदान गरेका छन् ।
प्रदेश नं.१ बाहेक अरू प्रदेशमा आफ्ना उम्मेदवार नभएकोले आफ्नो पार्टीले मतदान नगर्ने निर्णय गरेको राप्रपाले राष्ट्रियसभाको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान गरेका हुन् । आज भएको मतदानमा बागमती प्रदेशसभा सदस्यहरू रिना गुरुङ र रिता माझीले हेटौंडा ८ औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा रहेको मतदानस्थल पुगेर मतदान गरेका हुन् ।
मतदान गरेर फर्किने क्रममा प्रदेश सांसद रिता माझीले पार्टीले हिजो साँझ मतदान गर्न निर्देशन दिएकोले राष्ट्रियसभामा मतदान गरेको प्रतिकृया दिएकी छन् भने अर्की सांसद रिना गुरुङले प्रतिकृया दिन चाहिनन् ।
राप्रपाले पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar