दाङ – राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका तीन जनै उम्मेदवार विजयी भएका छन्।
महिलातर्फ नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र अन्यतर्फ कांग्रेसका युवराज शर्मा विजयी भएका छन्। लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो।
औपचारिक मतपरिणाम भने घोषणा हुन बाँकी छ। निर्वाचनमा प्रदेशसभा सदस्य ८१ र पालिकातर्फ १०७ जनाले मतदान गरेका थए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar