जनकपुरधाम – आन्दोलनरत् डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाममा चिकित्सकमाथि पनि आक्रमण गरेका छन् ।
बुधबार, जनमतका कार्यकर्ताहरूले जलेश्वर अस्पतालका मेसु डा.सतिस साहमाथि आक्रमण गरेका हुन् । आक्रमणमा परी घाइते भएका मेसु साहको मुखमा ८ वटा टाका लागेको छ । मेसु प्रदेश २ – ०२ – ००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमा आक्रमण भएको हो ।
केही वर्षअघि नै खुला राजनीतिमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो समय बन्द र हड्ताल गर्दैआएको छ । साथै प्रदर्शनको क्रममा उक्त पार्टीका कार्यकर्ताले यसअघि पनि सवारीमा तोडफोड गरेका थिए ।
यसअघि उनीहरूले मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि तोडफोड गरेका थिए।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हातमा समेत चोट लागेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar