• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ३, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

१२ घण्टा अघि
२

शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

१३ घण्टा अघि
३

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

१ दिन अघि
४

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

१ दिन अघि
५

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

१ दिन अघि
६

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

१ दिन अघि
७

काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

१ दिन अघि
८

टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

१ दिन अघि
९

मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

१ दिन अघि
१०

सकियो ‘पिआर’को छायांकन

१ दिन अघि
११

आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

१ दिन अघि
१२

रोकिएन सरकारी रकमको दुरुपयोग : एकै वर्ष झन्डै १ खर्ब बेरुजु थपियो

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १३ घण्टा अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ६

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • bagmati pro photo ७

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ४ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ दिन अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • mohan bahadur basnet १०

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

    १ दिन अघि
  • prev
    next

    महात्मा गान्धीको हत्या गर्ने को हुन् नाथुराम गोड्से ?

    एजेन्सीप्रकाशित मिति: २०७८ माघ १२, बुधबार (३ साल अघि)
  • ११८५ पाठक संख्या
  • mahatma gandhi and godse

    सन् १९४८ को जनवरी ३० को साँझ नाथुराम विनायक गोड्सेले मोहनदास करमचन्द गान्धीलाई नजिकैबाट गोली हानेर हत्या गरेका थिए । भारतका सबैभन्दा सम्मानित व्यक्ति महात्मा गान्धीलाई राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा एकदमै नजिकैबाट गोली हानिएको थियो । त्यसै कारण उनको मृत्यु भयो । ३८ वर्षीय कट्टरवादी गोड्से दक्षिणपन्थी संगठन हिन्दू महासभाका सदस्य थिए ।

    उनी माध्यमिक तहको पढाइ छोडेर लुगा सिउने काम गर्थे । उक्त संगठनले गान्धीमाथि मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दूहरूलाई विश्वासघात गरेको आरोप लगाएको थियो । उनीहरूले गान्धीमाथि भारत – पाकिस्तान विभाजनमा मच्चिएको रक्तपातको दोष पनि लगाएका थिए । सन् १९४७ मा ब्रिटेनबाट स्वतन्त्रता पाएपछि उक्त विभाजनबाटै भारत र पाकिस्तान अस्तित्वमा आएका थिए ।

    एउटा अदालतले गान्धीको हत्याको एक वर्षपछि गोड्सेलाई मृत्युदण्डको सजाय सुनायो । उच्च अदालतले उक्त फैसलालाई सदर गरिदिएपछि सन् १९४९ को नोभेम्बरमा गोड्सेलाई गान्धी हत्याको अभियोगमा मृत्युदण्ड दिइयो । उनीसँगै उनका साथी नारायण आप्टेले पनि अदालतबाट मृत्युदण्डको सजाय पाए भने अन्य ६ जनालाई जन्मकैदको सजाय दिइयो । हिन्दू महासभामा आबद्ध हुनुपूर्व गोड्से राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का सदस्य थिए । आरएसएस भारतको अहिलेको सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) लाई जन्माउने मुख्य माउ संगठन हो । भारतमा हिन्दू राष्ट्रवादको ९५ वर्षे अवधिमा हालका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं पनि लामो समयदेखि आरएसएसको सदस्य रहेका व्यक्ति हुन् । अहिले पनि उनको सरकार र बाहिर पनि आरएसएसले गहिरो तथा प्रभावशाली भूमिका खेल्छ । वर्तमान सत्ता जोगाउन उस्को भूमिका छ ।

    दशकौँदेखि आरएसएसले गोड्सेलाई ‘राष्ट्रपिता’का हत्याराका रूपमा एक पतित व्यक्तिका रूपमा चित्रित गर्दै आएको छ । गान्धीलाई भारतीयहरू अहिलेसम्मकै सबैभन्दा सम्मानित व्यक्तित्वका रूपमा मान्ने गर्छन् र त्यस प्रकारको सम्मान कसैले पाएको छैन । यद्यपि पछिल्ला वर्षहरूमा हिन्दू दक्षिणपन्थीहरूले गोड्सेलाई आदर्शका रूपमा चित्रित गर्न र गान्धीको हत्या भएको दिनलाई खुला ढंगले उत्सवका रूपमा मनाउन थालेका छन् । गत वर्ष भाजपाकी एक सांसदले गोड्सेलाई देशभक्तको संज्ञा दिएकी थिइन् ।

    त्यसले धेरै भारतीयलाई आक्रोशित बनाएको थियो । आरएसएस भने गान्धीको हत्या गर्नुअघि नै गोड्सेले उक्त संगठन छाडिसकेको पुरानै अडानमा कायम देखिएको छ । यद्यपि एउटा नयाँ पुस्तकले त्यो सत्य नभएको दाबी गरेको छ । माध्यमिक शिक्षा अध्ययन गर्दागर्दै पढाइ छाडेका गोड्सेले महासभामा सदस्य बन्नुअघि लुगा सिउने काम गरेका थिए र फलफूल बेच्ने काम पनि गरे । महासभाको सदस्य भएपछि भने उनी उक्त संस्थाको पत्रिका सम्पादन गर्थे । अदालतमा बयानका बेला उनले एउटा अनुच्छेद पढ्न पाँच घण्टाभन्दा बढी समय लगाएका थिए ।

    उनले महात्मा गान्धीको हत्या गर्ने कुनै पनि षड्यन्त्र नभएको बताएर आफ्ना साथीहरूले गलत कार्य नगरेको प्रमाणित गर्न खोजेका थिए । उनले आफ्ना नेता विनायक दामोदर सवारकरको उक्त हत्यामा कुनै मार्गनिर्देशन थियो भन्ने आरोपलाई अस्वीकारसमेत गरे । सवारकरलाई भारतमा हिन्दूत्व र हिन्दूपनको जन्मदाता मानिन्छ । सवारकरमाथि लागेका सबैखाले आरोपबाट उनलाई मुक्त गरिएको थियो तैपनि आलोचकहरू गान्धीको उग्र घृणा गर्ने उनी उक्त हत्याकाण्डमा संलग्न भएको ठान्छन् । गोड्सेले अदालतमा आफूले गान्धीको हत्या गर्नु धेरैअघि आरएसएस छाडिसकेको बताएका थिए ।

    ‘गान्धीज् अस्यासिन’ का लेखक धीरेन्द्र झाका अनुसार हुलाकका एक कर्मचारी पिता र गृहिणी आमाका छोरा गोडसे आरएसएसका एक प्रमुख कार्यकर्ता थिए । उनका दाबीमा गोडसेलाई उक्त संस्थाबाट हटाइएको कुनै प्रमाण देखिँदैन । अदालतको कारबाही सुरु हुनुअघि रेकर्ड गरिएको गोड्सेको एउटा वयानमा उनले हिन्दू महासभाको सदस्य बनेपछि आफूले आरएसएस छाडेकोबारे बताएका छैनन् । यद्यपि अदालतमा बयानमा भने गोड्सेले आरएसएस छाडेपछि हिन्दू महासभाको सदस्य बनेको तर आफूले त्यसो गर्दा मौन रहेको बताएका थिए । ‘गान्धीको जीवनबारे उक्त दाबी एउटा सबैभन्दा बहसयुक्त विषयका रूपमा रहेको छ,’ झा भन्छन् । उनलाई आरएसएस समर्थक लेखकहरूले त्यसलाई प्रयोग गरेको जस्तो लाग्छ । उनीहरूले त्यसैलाई प्रयोग गर्दै गोडसले हिन्दू महासभामा सहभागी भएपछि गान्धीको हत्यापूर्व करिब एक दशकअघिदेखि नै आरएसएससँग सम्बन्ध भंग गरिसकेको लेखेका छन् ।

    अमेरिकी शोधकर्ता जेए करेन जुनियरका दाबीमा गोड्सेले सन् १९३० मा आरएसएसको सदस्यता लिएका थिए र त्यसको चार वर्षपछि आरएसएस छाडेका थिए । तर, आफ्नो दाबीका लागि उनले कुनै पनि प्रमाण पेस गरेका छैनन् । त्यसैले उनको भनाइमा विश्वास गर्ने आधार देखिँदैन । अदालतमा बहस सुरु हुनुपूर्व सार्वजनिक भएको वक्तव्यमा गोड्सेले सँगसँगै दुवै संस्थामा काम गरिरहेको स्वीकारेका थिए । गोड्सेका परिवारका सदस्यहरू पनि विगतमा उक्त बहसमा संलग्न भएका थिए । सन् २००५ मा मृत्यु दिवंगत भएका नाथुराम गोड्सेका भाइ गोपालले आफ्नो दाजुले आरएसएस नछाडेको बताएका थिए ।

    त्यस्तै सन् २०१५ मा गोड्सेका एक नातेदारले पत्रकारहरूलाई उनले सन् १९३२ मा आरएसएसको सदस्यता लिएको र त्यसपछि कहिले पनि उनलाई त्यस संगठनले न हटाइएको न त उनले संस्था छाडेको बताएका थिए । अभिलेखहरू केलाएका झाले ती दुई हिन्दू संगठनबारे पनि प्रकाश पारेका छन् । उनी हिन्दू महासभा र आरएसएसबीच एकमाथि अर्को खप्टिएको जस्तो र तरल सम्बन्ध रहेको तथा विचारधारा समान रहेको देखिएको लेख्छन् । उनले त्यसलाई उजागर गर्दै लेखेका छन्, ‘गान्धीको हत्याका बेलासम्म ती दुई समूहबीच नजिकको सम्बन्ध रहेको र कहिलेकहीँ सदस्यता पनि एक अर्कामा खप्टिएको देखिन्छ ।’

    गान्धीको हत्यापछि आरएसएसलाई एक वर्षभन्दा बढी समयका लागि प्रतिबन्धित गरिएको थियो । आरएसएसले सधैँ नै गोडसेले सन् १९३० कै दशकमा उक्त संगठन छाडिसकेको भनी अदालतमा दिएको बयानलाई नै दोहो¥याउने गर्छ । अदालतको फैसलाले आफ्नो संगठनको उक्त हत्यामा कुनै पनि सम्बन्ध नभएको देखाइसकेको उसको तर्क हुने गथ्र्यो । ‘उनी आरएसएसका सदस्य थिए भनेर भन्नु राजनीतिक उद्देश्यका लागि प्रस्तुत गरिने झुट मात्र हो,’ आरएसएसका वरिष्ठ नेता राम माधवले भनेका छन् । आरएसएसका प्रभावशाली नेतामध्येका एक एमएस गोलवालकर गान्धीको हत्यालाई हत्यारा देशकै र हिन्दू पनि भएकाले त्यो अतुलनीय त्रासदी वा त्यसभन्दा पनि बढी भएको रूपमा वर्णन गर्छन् ।

    हालै आरएसएस नेता एमजी वैद्यले गोडसेलाई हत्यारा भनेका थिए । गान्धी हत्याको घटनाका बारेमा उनले भारतका सबैभन्दा सम्मानित व्यक्तिको हत्या गरेर हिन्दूत्वकै अपमान गरेको बताएका थिए । विक्रम संपतजस्ता लेखक आरएसएस र हिन्दू महासभाबीच अशान्त खालको सम्बन्ध रहेकोमा विश्वास गर्छन् । उनले सवारकरबारे विस्तृत रूपमा दुई खण्डको जीवनी लेखेका छन् । उनी लेख्छन्, ‘हिन्दू महासभाको हिन्दूहरूको हित रक्षाका लागि स्वयंसेवकहरूको गोप्य विद्रोही समाज बनाउने निर्णयले आरएसएससँगको सम्बन्धमा कष्ट पैदा गरिदिएको थियो ।’ संपतका अनुसार आरएसएसले महासभाका नेता सवारकरले विश्वास गर्नेजस्तो व्यक्ति पूजा र मूर्ति पूजा विपरीत बाटो लिएको थियो ।

    सवारकर भनेका थिए, ‘व्यक्ति पूजा र अतिरञ्जनामा विश्वास गर्ने खालका थिए ।’ अर्को पुस्तक ‘आरएसएसः अ भ्यू टु द इन्साइड’ मा वाल्टर के एन्डरसन र श्रीधर डी दामले कसरी आरएसएसले आफ्ना पूर्वसदस्य नाथुराम गोड्से गान्धी हत्यामा संलग्न भएको कुरालाई ढाकछोप गरेको थियो भन्नेबारे चर्चा गरेका छन् । यद्यपि गोडसे आरएसएसका अंश थिए र उनले कहिल्यै पनि आरएसएस छाडेका थिएनन् भन्ने कुरामा देखिएको द्विविधा कहिल्यै मेटिएन । सन् १९४९ नोभेम्बर १५ मा फाँसी दिइनुअघि गोडसले आरएसएसको प्रार्थनाका चार पत्तिंm वाचन गरेका थिए । ‘त्यसले फेरि एक पटक उनी उक्त संस्थाका सक्रिय सदस्य थिए भन्ने देखाउँछ,’ झा भन्छन्, ‘गान्धीको हत्याबाट आरएसएसलाई अलग राख्नु भनेको इतिहासमाथिको जालसाजी हो ।’ त्यसैले सबै अवस्थालाई हेर्दा घटनामा आरएसएस जोडिएको देखिन्छ ।

  • subhayug
  • नाथुराम गोड्से
  • महात्मा गान्धी
  • महात्मा गान्धीको हत्या
  • हत्या
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

  • भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

  • मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

  • मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी


  • समाचार
  • १

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि
    १२ घण्टा अघि

  • २

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 
    १३ घण्टा अघि

  • ३

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    १ दिन अघि

  • ४

    रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा
    १ दिन अघि

  • ५

    सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो
    १ दिन अघि

  • ६

    मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित
    १ दिन अघि

  • ७

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग
    १ दिन अघि

  • ८

    टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
    १ दिन अघि

  • ९

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी
    १ दिन अघि

  • १०

    सकियो ‘पिआर’को छायांकन
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    २

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ३

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    ४

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution