जनकपुरधाम – आन्दोलनरत् डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले मधेस प्रदेशका सांसद अशोक यादव सवार गाडी पनि तोडफोड गरेका छन् ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका सांसद यादवको गाडीमा जानकी मन्दिर अगाडि जनमत पार्टीका कार्यकर्ताहरुबाट तोडफोड भएको हो । गाडी तोडफोडका क्रममा सांसद यादवको हातमासमेत चोट लागेको छ ।
यादव प्रदेश मामिला संसदीय समितका सभापति हुन् । प्रदेश सभाले उपलब्ध गराएको गाडीमा तोडफोड भएको हो । यसअघि जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा झडप भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar