जनकपुरधाम – आन्दोलनरत डा.सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी तोडफोड गरेका छन् ।
सरकारी गाडी तोडफोडका क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेनुका पौडेल थिए । उनीहरु राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न जनकपुरधाम आउँदै थिए । त्यही बेला सिके राउतका कार्यकर्ताहरुले जनकपुर–४ मा गाडीको सिसा फुटाएका छन् । प्रदर्शनकारीको आक्रमणबाट मेयर प्रसाईंको कन्चटनेर चोट लागेको छ ।
जनमत पार्टीका कार्यकर्ताहरुले आज बिहानैदेखि जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् । राष्ट्रिय सभा चुनावको मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि पनि प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप भइरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar