बारा – जिल्ला प्रहरी कार्यालय बारामा आएका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाले शान्ती सुरक्षामा कुनै किसिमको सम्झौता नगरी अहम भुमिका निर्वाह गर्ने बताएका छन।
मङ्गलबार जिल्ला प्रहरी कार्यालय बाराले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक देउवाले जिल्लाको शान्ती सुरक्षाको बिषयमा कुनै राजनीति दबाबमा नपरी निस्वार्थ भावनामा हिडने बताएका हुन् । उनले आफ्नो संगठनको नीति र निर्देशन अनुसार आफ्नो कार्यको पालना गर्ने बताउदै पत्रकारहरूको समाचार संकलनमा हुने गरेको हस्तक्षेपको बिषयमा समेत ध्यान पुर्याउने बताए । शान्ती सुरक्षाको साथ साथै सीमाबाट हुने अबैध कृयाकलापका र प्रहरी सर्वसाधारण बिच रहेका बिचौलिया समुहलाइ समेत निस्तेज पार्न अहम भुमिका निर्वाह गर्नबाट पनि पछि नहट्ने उनले बताए ।
प्रहरी र सर्वसाधारण बिचको सहकार्यको निम्ति प्रयोग हुँदै आएको बिचौलियालाई समेत पूर्ण रूपले हटाइएको प्रहरी उपरीक्षक देउवाको भनाई थियो ।सर्वसाधारणले कुनै बेला, कुनै किसिमको प्रहरी सेवा खोजेको खन्डमा बारा प्रहरी जति खेरपनि सेवाको लागि तत्पर हुने उनले प्रतिबद्धता व्यक्त गरे । कुनै किसिमको अपराधीक क्रियाकलापमा राजनीति हस्तक्षेप हुन नदिइ कानून बमोजिम कारवाही गरिने प्रहरी उपरीक्षक देउवाको भनाई छ ।
कार्यक्रममा बारा जिल्लामा हुने गरेको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने गरेको तस्करी लगायत जिल्लाको शान्ती सुरक्षाको बिषयमा पत्रकारहरूले जानकारी गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, पत्रकार उमेश दुबे, राकेश पान्डे, अनिल पान्डेय, धिरेन्द्र तिवारी, नरेश गुप्ता, रमेश ठाकुर लगायत दर्जनौ पत्रकारहरूको सहभागिता रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar