काठमाण्डौ – राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पतालका पुर्व प्रमुख प्रशासकिय अधिकृत डा.जागेश्वर गौतममाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरेको छ ।
वीर अस्पतालमा प्रमुख प्रशासकिय अधिकृत पदमा रहँदा मेडिकल सामग्र खरिद घोटालामा मुछिएका डा.गौतममाथि कारबाही गर्न सतर्कता केन्द्रले अख्तियारलाई सिफारिस गरेको हो । तत्कालिन केपी ओली नेतृत्वको सरकारले कोभिड १९ सम्बन्धी अध्यादेश नै ल्याएर गौतमलाई वीर अस्पतालको प्रमुखमा नियुक्त गरेको थियो । नियुक्ती पाएसँगै उनले आफ्ना व्यावसायीक साझेदार सुन्दर भुषाल समलग्न कम्पनिलाई करोडौँको मेडिकल सामग्र खरिदको ठेक्का दिलाएका थिए । ठेकेदारकै योजनामा बायोमेडिकल इन्जिनियर भावना बराललाई समेत नियुक्ती दिएर गौतमले अनियमितता गरेको उनीमाथी आरोप लागेको थियो ।
कोभिड १९ केन्द्रीय अस्पताल घोषित वीर अस्पतालको करिब १५ करोड रुपैयाँको ठेक्का अनियमिततामा उनी मुछिएका थिए । राष्ट्रिय सतर्कता केन्द्रले गत साउनमै वीर अस्पतालमा छापा मारेर कागजात जफत गरेको थियो । भुसाल समलग्न रहेको म्याक्सिम इन्कर्पोरेशनलाई गौतमले मिलेमतोमा १५ करोड मुल्यको ठेक्का दिएको पुष्टि भएको सतर्कता केन्द्रले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar