काठमाण्डौ – चालु आर्थिक बर्षको षुष मसान्त सम्ममा सरकारले १३ दशमलव ४४ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पुस मसान्त सम्म सरकारले १४ दशमलव ४० प्रतिशत पुँजीगत खर्च गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ९६ प्रतिशत कम हो ।
अर्धवार्षिक खर्चतर्फ भने पछिल्लो तीन आर्थिक वर्षको अवस्था हेर्दा उल्लेखनीय रुपमा पूँजीगत खर्च हुन सकेको देखिँदैन। आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म पूँजीगत खर्च १४ दशमलव ७९ प्रतिशत थियो । यस्ले सरकार विकास खर्चमा कमजोर रहेको देखिएको छ । चालु वर्षमा ३ खर्ब ७८ अर्ब खर्च लक्ष्यमा ५१ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ । यो कुल खर्च लक्ष्यको साढे १३ प्रतिशत मात्रै हो । वित्तीय व्यवस्थातर्फ ४९ अर्ब ४७ करोड खर्च भएको छ ।
सरकारले चालु वर्षको ६ महिनामा ३१ दशमलव १६ प्रतिशत मात्रै खर्च गरेको छ । अबको ६ महिनामा सरकारले ११ खर्ब २४ अर्ब खर्च गर्नु पर्ने देखिन्छ । यदि यो लक्ष्य अनुसार खर्च गर्ने हो भने सरकारले दैनिक ६ अर्ब २४ करोड खर्च गर्नु पर्ने तथ्याकंले देखाएको छ । यो सम्भव हुन सक्ने कुनै आधार नै देखिदैन ।
संसदमा पेश गरेको बजेट कार्यक्रम संशोधन गर्ने सरकारको पुरानै रोग हो। सरकारले विगतका आर्थिक वर्षहरुमा पनि बजेटको संशोधित अनुमान गर्ने गरेको थियो । बजेट समीक्षामा धेरै तथ्याकहरुमा परिवर्तन गर्ने गरेकोमा पुन त्यस्तो कार्य हुन सक्ने देखिएको छ । अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले आँकडाहरुमा परिवर्तन हुन सक्ने बताएका छन ।
चालु आर्थिक बर्षको बजेट २५ जेठमा तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गरेका थिए । उक्त बजेटलाइ बर्तमान सरकारका अर्थमन्त्री जनार्दश शर्माले प्रतिस्थापन बजेट मार्फत संसोधन गरेका हुन । पुर्व अर्थमन्त्री पौडेलले चालु बर्षको बजेट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । बर्तमान अर्थमन्त्री शर्माले त्यसको आधार १६ खर्ब ३२ अर्ब रुपैयाँमा झारेका हुन । यो बजेट पनि खर्च हुन सक्ने देखिदैन । ६ महिने खर्चको आकडाले सरकार फेरी बजेट घटाउनुपर्ने दवावमा परेको छ ।
सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्यांक हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार–चढाव देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८ दशमलव ९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१ दशमलव ७३ प्रतिशत रहेको थियो । त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म ४५ दशमलव ९१ प्रतिशत राजश्व संकलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव १८ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२ दशमलव ३५ प्रतिशत रहेको थियो । वित्तीय खर्च २२ दशमलव ४४ प्रतिशत थियो। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६ दशमव शुन्य ८ रहेकोमा वित्तीय खर्च १३ दशमलव शुन्य ६ प्रतिशत भएको थियो । त्यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्म चालु खर्च ३८ दशमलव १३ प्रतिशत रहेकोमा वित्तीय खर्च २६ दशमलव १२ प्रतिशत रहेका छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar