काठमाण्डौ – नेपाली सेयर बजारको उकालो यात्राले आज पनि निरन्तरता पाएको छ ।
आइतबार ६९ अंकले बढेको सेयर बजारले आज पनि बढोत्तरीको यात्रालाई कायम गरेको हो। आज सेयर कारोबार मापक नेप्से परिसूचक २०.६९ अंकले बढेर २९४७.३८ बिन्दुमा पुगेको छ । आज नेप्से ०.७१ प्रतिशतले बढेको हो ।
यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ बिन्दुमा पुगेको छ । यस दिन २२४ कम्पनीको एक करोड ४४ लाख ७४ हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज कुल १३ उपसमूहमा ८ वटा उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ वटा समूहको सेयर मूल्य घटेको हो । यस दिन हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज मध्यभोटेकोशी जलविद्युत कम्पनी, सनराइज ब्लुचिप फण्ड, सिंगटी हाइड्रो इनर्जी, सीईडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्टक्चरलगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।
अरुण भ्याली हाइड्रोपावर, अपि पावर कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर, नेपाल टेलिकम, शिवम् सिमेन्ट लगायत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar