धनगढी – पर्यटनमन्त्री प्रेम आले सवार गाडीमा ठक्कर दिने कार चालक पक्राउ परेका छन् ।
मंगलवार साँझ आठ बजे विमानस्थलबाट बाहिरिने क्रममा मूल सडकमा पुग्ने बित्तिकै मन्त्री आले सवार सु.प.०१ ००१ झ ३३३ नम्बरको गाडीलाई कारले ठक्कर दिएको थियो । उक्त दुर्घटनामा ठक्कर दिने कार चालक कञ्चनपुर कृष्णपुर ९ निवासी पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
कडायत सवार बा ४६ प १३७७ नम्बरको कारले गाईलाई ठक्कर दिएर अनियन्त्रित भई मन्त्री आले सवार कारलाई ठक्कर दिएको जोशीको भनाइ छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar