धादिङ – जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी धादिङ) ले सार्वजनिक स्थलमा २५ जना भन्दा बढि भेला हुन नपाउने निर्णय गरेको छ ।
आज सोमबार प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लंसालको अध्यक्षतामा बसेको डीसीएमसी बैठकले कोभिड – १९ को परिवर्तित स्वरुप ओमिक्रोनको जोखीम बढ्दै गएकाले सुरक्षाका मापदण्ड पूर्ण रुपले पालना गर्न आव्हान गर्दै र आगामी माघ १० गते सम्मका लागी सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नपाईने निर्णय गरेको हो ।
बैठकपछी सार्वजनिक गरिएको निर्णयमा सभा, समारोह, मेला, जात्रा गर्न नपाईने कोभिड – १९ को निदानलाई प्रभावकारी र व्यवस्थीत पिसिआर र एन्टिजेनको परिक्षणको दायरा बढाईने र कोरोना संक्रमण देखिएकाहरुलाई अनिवार्य आईसोलेसनमा राख्न स्थानिय तह तथा स्वास्थ्य कार्यालयलाई अनुरोध गर्ने बताईएको छ ।
यस्तै अक्सीजन उपलब्धता सहज बनाउने, औषधीजन्य सामाग्रीको मौज्दात कायम गर्ने, अक्सीजन प्लान्ट, कन्सन्टेटर चालु अवस्थामा राख्ने लगायतका निर्णयहरु भएको बैठकमा सहभागी पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar