काठमाण्डौ – सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर (पोखरा) शाखामा काउन्टर विस्तार गरेको छ ।
यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौं तथा कमलादी काठमाडौं, लुम्बिनी प्रदेशको कालिकानगर शाखामा, प्रदेश १ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश २ को राजविराज शाखामा रहेको काउन्टरबाट आफ्ना ग्राहकहरूलाई विशेष बैंकिङ सेवा प्रदान गर्दे आइरहेको थियो ।
साथै, आगामी दिनमा अन्य प्रदेशहरुमासमेत यस्ता थप विशेष बैंकिङ सेवाहरु प्रदान गर्ने योजना बैंकले लिएको प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखारहित बैंकिङ इकाईहरुबाट करिव १३ ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बताइएको छ ।
कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा उक्त बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मुर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।
साथै, कोभिड– १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकहरुलाई बैंकको मोबाइल बैकिङ, इन्टरनेट बैकिङ, शेयर कारोबारको सहजीकरणका लागि डि – म्याट तथा आस्बा सेवा, कार्डलगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको बैंकले जनाएको छ ।
यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहजरुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको बंकको भनाइ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar