काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बसेका छन् ।
देउवा आज शनिबारदेखि आइसोलेशनमा बसेको उनको निजी सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा पुगेको सचिवालयले जानकारी दियो । केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै उनी सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।
दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्डँगसँगै रहेका थिए । भेटघाट भएको भोलिपल्टै प्रचण्डमा कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
उसो त देउवा आज बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट समेत पुगेका थिए । उता ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री देउवाले प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको खवर पाएका थिए । खवर पाएलगत्तै देउवा बालुवाटार फर्किएका हुन् । हाल उनी आइसोलेशनमा बसेका छन् । देउवा आइसोलेशनमा बसेपछी एमाले अध्यक्ष ओलीसंग भेटघाट पातलिने भएको छ । सोहि कारण ओली तनावमा परेको बुझिएको छ ।
शनिबार प्रधानमन्त्री देउवा, विवक्षी दल नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट, भक्तपुर पुगेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar