काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्रबैँकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११९ रुपैयाँ २८ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ १९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ६२ पैसा र बिक्रीदर १६१ रुपैयाँ ४३ पैसा कायम छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ ३० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar