धादिङ – सानिमा बैंक लिमिटेडले धादिङको मलेखुमा नयाँ शाखा विस्तार गरेको छ ।
आज मंगलबार, बैंक सञ्चालक बलराम पराजुली एवम् ब्राण्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् । मह जोडीले मलेखुमा शाखा स्थापना गरेकोमा बधाई दिँदै सबल तथा विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलता हासिल गर्न शुभकामना दिए ।
उद्घाटन कार्यक्रममा धादिङका संघिय साम्सद भुमी प्रसाद त्रिपाठी, बेनिघाट रोराङ गाँउपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी र उपाध्यक्ष देवीप्रसाद सिलवाल लगायतले बैंकलाई शुभकामना दिएका बैंकका शाखा प्रमुख रमेश पण्डितले जानकारी दिए ।
त्यस्तै बैंक संचालक बलराम पराजुलीले ग्राहक तथा सरोकारवालाहरूप्रति निरन्तर सहयोग तथा संरक्षण निम्ति कृतज्ञता जनाए । सानिमा बैंकले हालसम्म देशभर ११९ शाखा कार्यालय र ९७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
योसंगै बैंकको धादिङ जिल्लामा मात्र तिन शाखा पुगेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar