काठमाण्डौ – पत्रकार सुदिप बिश्वकर्मामाथी एक बिदेशी नम्वरबाट पटकपटक धम्की आएको छ ।
दियोपोस्ट अनलाईनका अध्यक्ष तथा प्रधानसम्पादक सुदीप विश्वकर्मामाथी अनलाईनमा प्रकाशित् समाचारलाई लिएर दुबईबाटै टेलिफोनमा धम्की दिएको हो । दियोपोस्ट डटकममा गतकेहि दिनअघीदेखी भिजिट भिषामा दुबई पुर्याएर सयौँ नेपालीलाई विचल्ली बनाएको विषयमा समाचार प्रकाशन गरेको भन्दैे समाचार प्रकाशन भैरहेको छ । सोहि समाचारकै कारण तिनै गिरोहले आफुमाथी धम्की दिएको पत्रकार विश्वकर्माले बताए ।
पत्रकार विश्वकर्माका अनुसार उनीमाथी दुबईको ९७१५२३४५‘६१ मोबाइल नम्बरबाट टेलिफोन आएको हो । दुबईमा संचालित त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सलटेन्सीज नामक कम्पनिका मालिक कोमलराज उपाध्याय –प्याकुरेल०ले टेलिफोन मार्फत् समाचार श्रोत खोज्दै नेपाल प्रहरीको डिआइजी लगाएर पक्राउ गर्नेसम्मको चेतावनी दिएको उनले बताए । ‘यो समाचार कसले दियो । म कम्पनिको मालिक कोमल उपाध्याय हो । कसले यो समाचार दियो तपाईंले मलाई भन्नुपर्छ,’ उनले भनेका छन् ,‘नत्र म केस गर्छु । तपाईंले एउटा रेपुटेड कम्पनिको बारेमा न्युज लेख्दै हुनुहुन्छ । मैले धम्काको होइन । तपाईंलाई कुन मान्छेले दियो त्यसको नाम चाहियो ।’ उनले प्रश्नसहितको धम्की दिएका छन् ।
त्यस्तै भिजिट भिषाबारे प्रश्न गर्दा उल्टै कम्पनिमा विचल्ली भएका मानिसहरु आफूले नभई स्टाफले ल्याएको भन्दै उनले गैरजिम्मेवार जवाफसमेत दिएका छन् । त्यस्तै उनले १२ घण्टा भित्र समाचारको स्रोत नदिए कार्यालयमै मान्छे पठाउने समेत चेतावनी दिएका छन् । ‘१२ घण्टा भित्र कसले समाचार दियो भन्नु भएन भने म तपाईं कहाँ मान्छे पठाउँछु । पुलिस इन्सपेक्टर हुन्छ की डिआइजी हुन्छ की अरु को हुन्छ म मान्छे पठाउँछु । तपाईंलाई भिडियो कसले पठाएको छ हामीलाई थाहा छ । तपाईंलाई अफ्टयारो पार्छु ख्याल गर्नुस्,’ धम्की दिँदै उपाध्यायले टेलिफोनमा भनेका छन्,‘तपाईंको हावा कसरी खुस्काउनुपर्छ हामीलाई पनि थाहा छ । तपाईंलाई कसले दियो कसले भन्यो सब थाहा छ ।’
त्यस्तै केही बेरपछी सोहि नम्बरबाट पुनः टेलीफोन गरी अर्का सन्तोष सुवेदी नाम गरेका व्यक्तिले पनि धम्की दिएका छन् । यद्धपी उनले भने पत्रकारीताको पाठ पढाउँदै मानहानीको केस हाल्ने चेतावनी दिएका छन् । ‘पत्रकारीता हामीलाई थाहा छ । म दुबईबाट भोली आउँछु । तपाईं विरुद्ध मानहानीको केस हाल्छु । तपाईंलाई मेरो नाम लेख्ने अधिकार कसले दियो,रु’ सुवेदीले भने,‘म तपाईंलाई जेल हाल्छु । पर्खिनुस् सर । भिजिटमा आए हामीले काम लगाइदिएम् ।’ उनले भने । केहिदिनपछी नेपाल आउने र कानुनी लडाँई लड्ने उनको आसय थियो ।
दियोपोस्टले धम्की दिने त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सलटेन्सीज कम्पनिका मालिक कोमल उपाध्यायले नेपालबाट अवैध रुपमा नेपाली युवाहरुलाई भिजिट भिषामा दुबई पुर्याएर विचल्ली बनाएको विषयमा पटक पटक प्रमाण सहित खबर प्रकाशन गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar