काठमाण्डौं – विद्युत प्रसारण लाइन निर्माण गर्ने कार्यमा देखापरेको समस्या र प्रसारण लाइन निर्माण कार्यबाट प्रभावित क्षेत्रका पीडित बासिन्दाहरुबाट उठाइएका जनगुनासो सम्बोधन गर्नका लागि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पहल शुरु गर्नु भएको छ । सोही विषयलाई लिएर आज नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बिच छलफल भएको छ ।
मर्स्याङदी देखि काठमाण्डौं सम्म निर्माण भइरहेको २२० के.भी. राष्ट्रिय प्रसारण लाइन अन्तर्गत पाँच वटा जिल्लाहरु चितवन, गोरखा, धादिङ्ग, तनहुँ र कठमाण्डौमा पर्दछ । यस प्रसारण लाइन अन्तर्गत जम्मा २३१ वटा टावर मध्ये १४३ वटा टावर धादिङ्ग जिल्लामा मात्र पर्दछ । त्यस मध्ये पनि धादिङ्ग जिल्लाको सिद्धलेक गाउँपालिकामा मात्र ४२ वटा पर्दछ ।
मर्स्याङदी देखि काठमाण्डौं सम्म निर्माण भइरहेको २२० के.भी. राष्ट्रिय प्रसारण लाइन अन्तर्गत धादिङ खण्डको विभिन्न क्षेत्रहरुमा निर्माण भइरहेका संरचनाहरु विद्युत टावर र उक्त टावरका निर्माणका कारण स्थानीय जनतामा पर्न जाने क्षतिलाई कसरी न्यूनिकरण गर्ने र कसरी प्रभावित क्षेत्रका स्थानीय जनताहरु खुशी हुने गरी प्रसारण लाइन आयोजनाको भौतिक पूर्वाधार निर्माण गर्ने र प्रसारण लाइन बिस्तार गर्ने काम अगाडि बढाई तोकिएको समय सिमा भित्र परियोजना सम्पन्न गरी विकास आयोजना समयमा नै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने आजको आवश्यकता समेत भएकोले मुख्यमन्त्री तथा प्रबन्ध निर्देशक बिच छलफल भएको थिए ।
हालको प्रचलित मापदण्ड अनुसार क्षतिपुर्तिमा प्रभावित क्षेत्रको बासिन्दा सहमत हुन नसक्दा सिद्धलेक गापाका स्थानियहरुले प्रसारण लाईन निर्माण कार्यमा अवरुद्ध गरेका थिए । स्थान र परिस्थिति अनुसार प्रभावित क्षेत्रका बासिन्दाले राहत एवं क्षतिपूर्तिको व्यवस्था गरी आयोजना अघि बढाउन र प्रभावित क्षेत्रको बासिन्दाले खुशी राजीसाथ प्रसारण लाइन निर्माणमा सहयोग गर्ने वातावरणको सृजना गर्नका लागि नेपाल विद्युत प्राधिकरणले समेत पहल गर्नुपर्ने कुरामा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबाट प्रबन्ध निर्देशक कुलमान घिसिङ्गलाई अघि बढन् भन्नुभएको थियो ।
यस सम्बन्धमा थप छलफल आवश्यक भएमा निकट समयमा नै अर्को बैठक एवं छलफल राख्नका लागि समेत निर्देशन दिनु भएको थियो । सो क्रममा प्रबन्ध निर्देशक कुलमान घिसिङ्गबाट समेत मुख्यमन्त्रीबाट भएको पहल सकारात्मक भएको र यसले तोकिएको समयमा प्रसारण लाइन आयोजना सम्पन्न गर्नका लागि सहयोग पुग्ने भन्नु भएको थियो । साथै थप छलफलको लागि नेपाल विद्युत प्राधिकरणले तुरुन्त कार्यक्रमको आयोजना गर्ने कुरा जानकारी गराउनु भएको थियो ।
उक्त टावरका कारण सिद्धलेक गापाको पिपलटारका स्थानियलाई पुगेको क्षतिलाई कसरी समाधान गर्ने भन्ने बारेमा विशेष छलफल रहेको स्वकिय सचिव रेशम तामाङ्गले बताउनु भयो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar