हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनित गरेका छन् ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्यमन्त्री पाण्डेले आयोगको उपाध्यक्षमा डा.कृष्णराज पन्त लाई चयन गरेका हुन् । त्यस्तै आयोगको सदस्यहरूमा प्रल्हाद लामिछाने र राजु नेपाललाई समेत मनोनीत गरिएको छ ।
नवनियुक्त पदाधिकारीले आज बुधबार नै पद तथा गोपनीयताको सपथ लिएको मुख्यमन्त्री पाण्डेको निजी सचिवालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar