खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका -५ चिसापानीका वडाअध्यक्ष रामकुमार श्रेष्ठको निधन भएको छ ।
लामो समयदेखि मुटु रोगले पीडित श्रेष्ठको ६४ वर्षको उमेरमा सोमबार राति निधन भएको हो । श्रेष्ठको मंगलबार स्थानीय भानुमतिमा अन्त्येष्टि गरिएको छ ।
कांग्रेसको स्थानीय नेता समेत रहेका श्रेष्ठको पार्थिव शरीरमा कांग्रेसको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरिएको नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले बताए ।
श्रेष्ठ साविक चिसापानी गाविसका पूर्व गाविस अध्यक्ष पनि हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar