धादिङ – धादिङको गजुरी गाँउपालिकाको छुट्टाछुट्टै चार स्थानमा मोटरेवल पुल बन्ने भएको छ ।
बागमती प्रदेश सरकारको पहलमा गजुरी गाँउपालिकाको वडा नं. २ स्थित् तुँदीखोला, वडा नं.१ र ५ जोड्ने गलौंदी खोला, वडा नं. ६ स्थित् स्यामेडाडां जाने दरियाँल खोला र वडा नं. ७ र ८ जोड्ने लामाचिरा बेल्खुखोलामा पक्कि पुल निर्माण हुन लागेको गजुरी गाँउपालिकाकी उपाध्यक्ष सिता ढुगांनाले बताईन् ।
उक्त स्थानमा पक्कि पुल नहुँदा सवारी साधन र स्थानियले जोखिम मोलेर पानीमाथीबाटै यात्रा गर्न बाध्य भएको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसमक्ष आवश्यक बजेट बिनियोजनका लागी सिफारिस गरेकी थिईन् । उपाध्यक्ष ढुगांनाको अनुसार अहिले वडा नं.२ स्थित् तुँदीखोलामा पुल निर्माणको लागि डिटेल सर्भे र माटो परिक्षणको काम सुरु भएको छ । त्यस्तै अन्य स्थानहरुमा पनि डिटेल सर्भे र माटो परिक्षणको काम सुरु हुन लागेको उनले बताईन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar