काठमाण्डौ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ठूलो अंकका साथ बृद्धि भएको छ।
नेप्से परिसुचक ९२.१६ अंकले बढेर २५०७.७० को बिन्दुमा बजार बन्द भएको छ । यसदिन नेप्सेका सबै उपसुचकमा हरियाली छ। सबैभन्दा बढी जीवन बीमा समूह ५ सय २ अंकले उकालो लाग्दा, निर्जीवन बीमा ४ सय ८७, उत्पादन ४ सय ५२, विकास बैंक २ सय ३०, व्यापार २ सय २ अंकले बढेको छ।
अरुण भ्याली हाइड्रोपावर, वरुण हाइड्रोपावर, माथिल्लो तामाकोसी हाइड्रोपावर, शिवम् सिमेन्ट, स्वाभिमान लघुवित्त, सगरमाथा इस्योरेन्स लगायतका कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । केहि दिनयता कारोबार रकम कमहुँदै आएकोमा आज साढे ४ अर्ब भन्दा बढीको सेयर कारोबार भएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुमा तरलता सहज हुने खबर सार्वजनिक भएसँगै लगानीकर्तामा आत्मविश्वास बढेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar