काठमाण्डौ – हिमालयन डिस्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई सतप्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको नाफाबाट लगानीकर्तालाई शतप्रतिशत लाभांश दिने भएको हो । कम्पनीले लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्न कम्पनीले २८ पुसमा २१ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारणसभाका लागि कम्पनीले पुस १६ गते बुकक्लोज गर्ने बताएको छ ।
यसको अर्थ पुस १५ सम्म कायम रहेन कम्पनीका सेयरधनीले उक्त बोनस सेयर पाउँछन् । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार ४०० रुपैयाँभन्दा माथि छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar