पोखरा – पोखरामा विद्यालयको होस्टेलमा बस्ने एक बालकको लिङ्ग बाँधेर यातना दिने होस्टेल वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राती हिमालयन गुडलाईफ काठमाडौँद्वारा सञ्चालित पोखराकी एक होस्टेलकी वार्डेन जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब गरेपछि ६ बर्षीय बालक रेमन बुढाको लिङ्गमा रबरले बाँधिदिएकी थिईन् । उक्त बिषय एकाएक संचारमाध्यमहरमा आएपछी वार्डेन नेपालीलाई बालबालिका कसुरमा प्रहरीले पक्राउ गरेको हो।
बालकको लिंगमा रबरले बाँधेर सजाय दिने २७ वर्षीया वार्डेन नेपालीलाई पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टेलबाटै प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामो समयसम्म यौनांग बाँधिएको रबरले असह्य भएपछि बालक चर्को स्वरमा रोएका थिए । लिंग रबरले बाँधिएको खुल्न आएपछि बालकलाई उपचारका लागि अस्पताल पठाइएको थियो ।
प्रहरीका अनुसार डोल्पाबाट पोखरा पढ्न आएका ती बालकका बुवा बितिसकेका छन् भने आमा गाउँमा खेती किसान गर्छिन् । परिवार गरिब भएकै कारण बालकालाई पढाउन होस्टेलमा राखिएको प्रहरीले जनाएको छ । बालकलाई यातना दिने नेपालीविरुद्ध बालबालिकाविरुद्धको कसुर मुद्दा चलाइएको छ । उनलाई जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलले अभिभावकविहीन बालबालिकालाई पढाउँदै आएको छ । हाल होस्टलमा ९ जनाले आश्रय लिइरहेको बताइएको छ । घटना घटेपछि घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य सम्झौता भएको थियो । तर, घटना गोप्य रहन सकेन । घटना बाहिरिएपछि वार्डेन नेपालीलाई पक्राउ गरिएको थियो ।
हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टेल पोखरामा दर्ता नभएको पाइएको छ । यस विषयमा जिल्ला प्रशासनले छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउने बताइएको छ ।
ओछ्यानमा पिसाब फेरेको रिसमा होस्टेल वार्डेनले रवरले बाँधिदिए बालकको लिङ्ग
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar