काठमाण्डौ – राजधानी काठमाण्डौको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का शिक्षकमाथी कुटपिट भएको छ ।
आज (मंगलबार) बिहान स्नातक तहको आन्तरिक परीक्षा चलिरहेका बेला चिट चोर्न नदिएको भन्दै क्याम्पसका विद्यार्थीले शिक्षक प्रकाश पुडासैनीमाथी कुटपिट गरेको क्यामपस श्रोतले जनाएको छ । परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षक पुडासैनीमाथी कुटपिट गरेको बताइएको छ ।
ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ । उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ ।
उनीमाथि आक्रमण गर्ने विद्यार्थी जेठारा भने अहिले फरार छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar