बुटवल – नेपाली काँग्रेस सिद्धार्थनगर नगर कमिटीका उपसभापति किरण घिमिरेलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतका अनुसार एक महिलामाथि जवर्जस्तीकरणीको उद्योग अन्तर्गत घिमिरेलाई नियन्त्रणमा लिईएको हो । यद्धपी घिमिरेलाई नियन्त्रणमा लिए पनि उनीमाथि लागेको आरोप प्रहरीले भने सार्वजनिक गरेको छैन ।
एक महिलाले आफूमाथि घिमिरेले जवर्जस्तीकरणीको प्रयास गरेको भन्दै प्रहरीमा तीन दिन अघि जाहेरी दिएकी थिइन् । स्रोत भन्छ, ती महिलाको जाहेरी पछि लगत्तै घिमिरेलाई उनकै निवासबाट नियन्त्रणमा लिएको हो । ती महिलालाई जागिर लगाइदिने भन्दै कोठामा पुगेर करणी प्रयास गरेको प्रहरीसमक्ष महिलाले दाबी गरेकी छन् ।
सिद्धार्थनगर वडा नम्बर ७ का वडा सदस्यमा निर्वाचित जनप्रतिनिधिसमेत रहेका पौडेललाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरी प्रवक्ता रुपन्देहीका डीएसपी नवरत्न पौडेलले स्पष्ट खुलाएका छैनन् । नियन्त्रणमा लिइएको पुष्टि गर्दै डीएसपी पौडेलले घिमिरे अनुसन्धानको क्रममा रहेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar