एजेन्सी – म्यान्मारमा हिरासतमा रहेका महिलाहरूमाथी यातना, यौन उत्पीडन र बलात्कारको धम्कीको सिकार भएको पाईएको छ ।
बीबीसीले प्राप्त गरेको विवरण अनुसार त्यहाँको सेनाले गरेको कूविरुद्ध प्रदर्शनमा सहभागी पाँच जना महिलाहरूले गिरफ्तारीपछि आफूहरूमाथि यौन दुर्व्यवहार भएको र यातना दिइएको बताएका छन्।
सुरक्षाका लागि समाचारमा उनीहरूको नाम परिवर्तन गरिएको छ। गत फेब्रुअरीमा त्यहाँको सेनाले सत्ता कब्जा गरेपछि देशभर प्रदर्शनहरू भएका थिए। महिलाहरूले म्यान्मारमा सैनिक सरकारको प्रतिरोधी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। मानवअधिकारवादी समूहले त्यहाँको सेनाले बेपत्ता बनाउने र यातना दिने जस्ता उपायहरू विगतमा प्रयोग गरिरहे पनि हिंसा अझै व्यापक भएको बताएका छन्।
एक गैरनाफामुखी मानवअधिकारसम्बन्धी संस्थाका अनुसार डिसेम्बर ८ सम्म १,३१८ जना नागरिकहरू पक्राउ परेका छन्। प्रजातन्त्र पक्षधर आन्दोलनमा पक्राउ पर्नेमा ९३ जना महिला छन्। हिरासतमा मृत्युवरण गरेका आठ जना महिलामध्ये चार जनालाई सोधपुछ केन्द्रमा यातना दिएर मारिएको थियो।
आन्दोलनका क्रममा १०,२०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिएको र त्यसमा दुई हजारभन्दा बढी महिलाहरू रहेको बताइएको छ। छ महिनाभन्दा लामो समय हिरासतमा बिताएकी प्रजातन्त्र अभियानकर्मी इन सोय मेले सुरुका १० दिनमा त्यहाँको एक सोधपुछ केन्द्रमा आफूलाई राखिएको र यौन उत्पीडनका साथै यातना दिएको आरोप लगाएकी छन्।
आन्दोलनको लागि प्लेकार्ड बनाउँदै गर्दा आफूलाई एक दिन बिहानै पक्राउ गरिएको र भ्यानको पछाडि कोचेर लगिएको उनले बताइन्। राति सोधपुछ केन्द्रमा लगिएकी उनलाई आँखामा पट्टी बाँधेर विभिन्न अस्वाभाविक वस्तुहरू छुन बाध्य बनाइएको थियो। उनका अनुसार आफ्नो आँखामा पट्टि बाँधेर सेनाका अधिकृतहरुले उनिहरुका लिंग खेलाउन लगाउने गरेका छन् । त्यस्तै उनिहरुले जवरजस्त मुख मैथुन समेत गराउन खोजेको उनले बताएकी छिन् ।
त्यस्तै उनिहरुले आफुलाई उत्तेजित पार्न उनलाई आफ्नो यौन जीवनको विवरणहरू खुलाउन बारम्बार दबाव दिने गरेका छन् । यद्धपी सोधिएका प्रश्नको उत्तर नदिँदा बाँसको लट्ठीले हानेर यातना दिइएको उनले बताएकी छन्।
बयानका क्रममा उनलाई एक जना प्रश्नकर्ताले ‘यहाँ आइपुगेका महिलालाई हामीले के गर्छौँ थाहा छ? हामीले तिमीहरूलाई बलात्कार गरेर मार्छौ’ भनेर धम्की दिएको समेत उनि बताँउछिन् । उनले आँखामा पट्टी बाँधेर आफूले लगाएको बाहिरी वस्त्र उतारिएको र उनीहरूले आफूलाई अनावश्यक रूपमा नङ्ग्याउने र अश्लिल अंगहरु सुम्सुम्याउने, उत्तेजित बनाउने गरेको आरोप लगाएकी छन्।
उनका अनुसार केहिगरी आँखामा लगाइएको पट्टी खोलिँदा सुरक्षाकर्मीले पेस्तोलले आफ्नो यौनअंगमा घर्षण गरीरहेको खेखीन् । उक्त हर्कतदेखेपछी अतालिएर चिच्याउन खोज्दा एउटा गोली उनको मुखभित्र जबरजस्ती कोचिएको समेत उनले बताईन् । आफुमाथी कयौंपटक बलात्कार भएको उनको आरोप छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar