काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको केही बेरमै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् ।
केहिबेरअघीबाट प्रधानमन्त्री सरकारी निवाश बालुवाटारमा सुरु भएको सर्वदलीय बैठकको केही बेरमै नेता नेपाल बाहिरिएका हुन् । मध्यान्न चार बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएपछि नेता नेपाल निर्धारित अर्को कार्यक्रममा सहभागी हुन भन्दै बैठकस्थलबाट बिदा भएर बाहिरिएका हुन् ।
अध्यक्ष नेपाल बाहिरिए पनि अर्का नेता झलनाथ खनाल भने पार्टीका तर्फबाट बैठकमा सहभागी छन् । बैठकमा संसदको गतिरोध खुलाउने र एमसीसी अघि बढाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव लैजाने बुझिएको छ ।
उता यसअघी नै नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी अघि बढ्न नसक्ने बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar