बुटवल – रुपन्देहीको बुटवलमा एक ९ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् ।
बुटवल उपमहानगरपालिका ११ बुद्धनगरस्थित ९ वर्षीय बालक असारे खड्गीले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए । डीएसपी केसीका अनुसार बुद्धनगरस्थित राजेन्द्र गोतामेको घरको तल्लो तल्लामा इसाई धर्मालम्बीहरु जम्मा भएर सामूहिक प्रार्थना गर्दथे । बुटवल – १२ बेलवासका मृतक असारे खड्गी पनि आफ्नो परिवारसँग शनिबार उक्त घरमा आएका थिए ।
धर्मालम्बीहरु सामूहिकरुपमा घरको तल्लो तलमा ध्यानरप्रार्थना गर्ने क्रममा माथिल्लो तल्लामा बालक खड्का झुण्डिएको अवस्थामा फेला परेको डीएसपी केसीले बताए । झुण्डिएको अवस्थामा बालक फेला परेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । लगत्तै चिकित्सकले खड्गीलाई मृत घोषणा गरेका थिए ।
उक्त घटना शंकास्पद रहेको स्थानीयले बताएका छन् । शवको पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar