काठमाण्डौ – मनकामना केबलकार चार दिन बन्द हुने भएको छ ।
केवलकार स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि सेवा बन्द गर्न लागेको मनकामना दर्शन प्रा.लि.ले बताएको छ । प्रा.लिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।
मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उनले बताए। उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ ।
कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar