काठमाण्डौ – साफ यू – १९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल फाइनल नजिक पुगेको छ ।
बंगलादेशको ढाकामा शुक्रबार भुटानलाई ४ – ० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । भुटानमाथिको जितसँगै तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीको नजिता निकालेको नेपालले सात अंक जोडेको छ । आयोजक बंगलादेशको पनि तीन खेलमा सात अंक रहेको छ ।
यता भारतले भने तीन मध्ये दुई खेलमा जीत र एक खेलमा पराजय भोग्दै ६ अंक जोडेको छ । नेपालले अब डिसेम्बर १९ मा भारतको सामना गर्नेछ र सोही खेलको नतिजाले नेपालको अबको यात्राको टुंगो लगाउनेछ । यता चार खेलमध्ये केवल एक खेलमा जित निकालेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबारको खेलमा नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक – एक गोल गरे । मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । कुशुमले १८ औ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् ।
रजनीले नेपाललाई २१ औं मिनेटमा ३ – ० को अग्रता दिलाईन ।मेनुकाले ७२ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar