काठमाण्डौ – मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।
शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको उद्घाटन गरेका हुन् ।
अक्सिजन प्लान्टको उद्घाटनकार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले दुई पटकसम्म कोभिड १९ को समयमा झेल्नु परेको समस्यालाई दृष्टिगत गरी भविष्यमा आउने त्यसखालका महामारीहरुमा समेत अक्सिजन सेवालाई सहज तरिकाले परिपुर्ती गर्ने यो प्लान्ट जडान गरिएको बताए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुदानमा शंकर अक्सिजन प्रा.लि ले २० केएल को अक्सिजन प्लान्ट अस्पतालमा जडान गरेको अस्पताल श्रोतले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar