काठमाण्डौ – नेकपा एमालेले केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेको निर्णय सार्वजनिक गर्न शुक्रबार पत्रकार सम्मेलन गर्दै छ ।
एमालेका महासचिव शंकर पोखरेलले आज दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएका हुन् ।
नवनिर्वाचित महासचिव पोखरेलको यो पहिलो पत्रकार सम्मेलन हुनेछ । चितवनमा १० – १४ मंसिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा बसेको थियो भने दोस्रो बैठक मंसिर २५ र २६ भक्तपुरमा बसेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar