काठमाण्डौ – नेकपा (एकीकृत) समाजवादीले देशका ७० प्रतिशत स्थानीय तहमा पार्टी कमिटी गठन गरेको छ ।
अहिलेसम्म देशभरका सात सय ५३ मध्ये पाँच सयभन्दा बढी स्थानीय तहमा कमिटी गठन भइसकेको एकीकृत समाजवादीले जनाएको छ । पालिकास्तरीय कमिटी गठन भएका जिल्लामा वडा तहसम्मै कमिटी विस्तार गरिएको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए । स्थानीय तहमा पार्टीको कमिटी गठनसँगै एकीकृत समाजवादीले बैचारिक राजनीतिक प्रशिक्षणसमेत सञ्चालन गरिरहेको छ ।
मंसिर तेस्रो साताबाट सुरु भएको प्रशिक्षण अभियान प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सकिएको छ । गण्डकी र लुम्बिनीमा पनि कार्यक्रम तय भइसकेको एकीकृत समाजवादीले जनाएको छ । बिहीबार बागमती प्रदेशमा प्रशिक्षण सम्पन्न भएको छ । गण्डकीमा आज (शुक्रबार) प्रशिक्षण कार्यक्रम हुँदै छ ।
प्रदेशस्तरीय प्रशिक्षणमा अध्यक्ष माधवकुमार नेपाल, महासचिव भुसाल, स्कुल विभागका प्रमुख प्रमेश हमाल, उपाध्यक्ष र उपमहासचिवलगायत नेता सहभागी हुँदै आएका छन् । पार्टीका सम्मानित नेता झलनाथ खनाल भने स्वास्थ्यका कारण सबै प्रशिक्षणमा भर्चुअल माध्यमबाट सहभागी हुँदै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar