महोत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एक गाविस सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
महोत्तरीको नमुना गाविसको कार्यालय, गौशालाका तत्कालीन सचिव नागेश्वर राय यादवविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनी उपर १२ लाख ८६ हजार आठ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार सम्बन्धी आरोप – पत्र दायर गरिएको अख्तियारले बताएको छ ।
यादवले निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्तालगायत गाविसको विभिन्न शीर्षकको रकम अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।उनलाई कानुनअनुसार कैद र बिगोबमोजिम जरिवाना मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar