हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख यादव शर्मासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
शपथ लिनेहरुमा नेकपा (माओवादी केन्द्र) का घनश्याम दाहाल श्रम रोजगार तथा यातायात, विशाल खड्का वन तथा वातावरण, रत्नप्रसाद ढकाल युवा तथा खेलकुद, नेकपा (एकीकृत समाजवादी) का बसन्तकुमार मानन्धर खानेपानी, उर्जा तथा सिँचाई र बसुन्धरा हुमागाईं कृषि तथा पशुपन्छीमन्त्रीको सपथ लिएका हुन् ।
यस्तै कृषि तथा पशुपंछी राज्यमन्त्रीकामा नेकपा नेकपा (एकीकृत समाजवादी) की इन्द्रमाया गुरुङले शपथ लिएकी छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar