काठमाण्डौ – लगानीयोग्य तरलताको अभावसँग जुधिरहेका बैंकहरूका लागि मंसिर महिना पनि सकारात्मक बन्न सकेन । पछिल्लो साता वाणिज्य बैंकको निक्षेप बढ्नुको साटो उल्टै घट्दा बैंकहरूको औसत सीडी रेसियो साढे ९१ प्रतिशत पुगेको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो एक सातामा वाणिज्य बैंकहरूको निक्षेप पाँच अर्बले घटेको छ भने कर्जा लगानी आठ अर्बले विस्तार भएको छ । पुस १७ गते शुक्रबार ४२ खर्ब २६ अर्ब रहेको बैंहरूको निक्षेप २४ गते शुक्रबार आउँदा ५ अर्बले घटेर ४२ खर्ब २१ अर्बममा झरेको छ ।
यता कर्जा लगानी भने १७ गते ४० अर्ब ६९ अर्ब रहेकोमा २४ गते ४० खर्ब ७७ अर्ब पुगेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको चरम अभाव छ । यस्तो अवस्थामा बैंकहरूले निक्षेप बढाउन निक्षेपको ब्याजदर डबल डिजिटमा पु¥याएका छन् । तर, पनि कार्तिक मसान्तको भन्दा मंसिर लागेपछि बैंकहरूको निक्षेप बढ्नुको साटो घट्दै गएको देखिन्छ । गत कार्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो २४ दिनमा १२ अर्बले घटेको छ । सोही अवधिमा कर्जा लगानी भने ४३ अर्बले बढेको छ । कार्तिक मसान्तमा ४० खर्ब ३४ अर्ब हरेको कर्जा लगानी २४ गते ४० खर्ब ७७ अर्ब पुगेको छ ।
बैैंकहरूले कर्जा लगानी नगरी नहुने क्षेत्र र परियोजनाबाहेक अन्य क्षेत्रमा कर्जा लगानी रोकेको छन् । बैंकमा कर्जाको फाइलको चाङ लागेपनि स्रोत नहुँदा लगानी गर्न नसकिएको बैंकरहरू बताउँछन् । ब्याजदर वृद्धिले पनि निक्षेप नआएपछि पुसमा बैंकहरू निक्षेपको ब्याजदर नबढाउने निष्कर्षमा पुगेका छन् । अझै पुसमा राजस्वको रूपमा सरकारी ढुकुटीमा पैसा जम्मा गर्नुपर्ने हुँदा बैंकहरूलाई कर्जा लगानी मात्रै नभएर नियामकीय अनुपात व्यवस्थापन गर्नै चुनौती बन्ने अवस्था आएको छ ।
चालु आर्थिक वर्ष लागेपछि वाणिज्य बैंकहरूको निक्षेप जम्मा २० अर्बले मात्रै बढेको छ । ०७८ असार मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४२ अर्ब १ अर्ब र कर्जा लगानी ३७ अर्ब २१ अर्ब रहेको थियो । आर्थिक वर्ष सुरु भएको पाँच महिना निक्षेप भने जम्मा २० अर्ब मात्रै बढेको छ । सोही अवधिमा कर्जा भने तीन खर्ब ५६ अर्बले विस्तार भएको छ ।
असार मसान्तमा ४२ खर्ब एक अर्ब रहेको निक्षेप साउन मसान्तमा घटेर ४१ खर्ब २३ अर्ब झरेको थियो । भदौ मसान्तमा आउँदा सुधार भएर ४१ खर्ब ७१ अर्ब र असोज मसान्तमा ४२ खर्ब ६९ अर्बसम्म पुग्यो । तर, कार्तिकबाट बजेट खर्च सुरु भएपनि निक्षेप भने घट्दो क्रममा रहेको छ । कार्तिक मसान्तमा आउँदा ४२ खर्ब ३३ अर्बमा झरेको निक्षेप मंसिर २४ मा अझै घटेर ४२ खर्ब २१ अर्बमा आएको छ ।
ऊर्जा कर्जा लगानी भने निरन्तर रूपमा वृद्धि भएको छ । आर्थिक वर्षको पहिलो महिना साउनमा ३७ खर्ब २१ अर्बबाट बढेर ३७ खर्ब ६४ अर्ब पुग्यो । भदौ र असोजमा १ खर्ब भन्दा बढीले कर्जा विस्तार भयो । भदौ मसान्तमा वाािण्ज्य बैंकहरूको कूल कर्जा बढेर ३८ खर्ब ७२ अर्ब र असोज मसान्तमा आउँदा अझै विस्तार भएर ३९ खर्ब ९८ अर्ब पुग्यो । त्यसपछि भने बैंकहरूमा लगानीयोग्य तरलताको अभाव हुँदा कर्जाको फाइल नै रोकिएका छन् ।
आयातका लागि एलसी खुलिसकेको ठाउँमा टीआर लोन लगायत केही प्राथमिकताको क्षेत्रमा प्रतिवद्धता जनाएका परियोजनाबाहेक अन्य क्षेत्रमा कर्जा लगानी नभएको बैंकरहरू बताउँछन् । असोजमा नै ३९ खर्ब ९८ अर्ब पुगको कर्जा कार्तिक मसान्तमा ३६ अर्बले बढेर ४० खर्ब ३४ अर्ब र मंसिर लागेपछि थप ४३ अर्ब कर्जा बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar