काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ ।
सोमबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको हो । त्यस्तै पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको सांसद भवानी खापुङले जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी) पार्टी गत भदौ २ मा एमालेबाट विभाजन भएर बनेको हो । पार्टीको नेतृत्व नेकपा एमालेका तात्कालिन बरिष्ठ नेता माधवकुमार नेपालले गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar