काठमाण्डौ – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक सय अंकको गिरावट आएको छ ।
दिउँसो साढे १ सम्ममा सेयर बजारमा एक सय अंकको गिरावट आएको हो । ४.२० प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २२ सय ६६ अंकमा आइपुगेको छ ।
यसक्रममा अहिलेसम्म २ अर्ब ४० करोड रुपैयाँ बराबरको ५८ लाख कित्ता सेयर किनबेच भएको छ । आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ ।
यसअघि, नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार पार्टीको प्रदेश सम्मेलनमा सम्बोधन गर्दै पूँजी बजारलाई साम्राज्यवादको संज्ञा दिएका थिए ।
तरलता अभावका कारणले ओरालो गतिमा रहेको बजार प्रचण्डको सम्बोधन आएपछि झनै ओरालो लागेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar