एजेन्सी – भारतको स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरवणे भारतको नयाँ चीफ अफ डिफेन्स स्टाफ नियुक्त भएका छन् ।
नरवणेको पदोन्नतीसँगै लेफ्टिनेन्ट जनरल चण्डी प्रसाद मोहांटीलाई नयाँ स्थल सेना प्रमुख बनाइएको छ । भारतका प्रथम चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको गत बुधबार हेलिकप्टर दुर्घटनामा निधन भएपछि भारतीय सेनाको सर्वोच्च पद खाली भएको थियो ।
रावतको निधनपछि दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्णले कार्यवाहक सीडीएसको जिम्मेवारी सम्हालिरहेका थिए । भारतीय सेनाका २७औं चीफ अफ आर्मी स्टाफ रहेका मनोज मुकुन्द नरवणे अब चीफ अफ डिफेन्स स्टाफ हुनु भएको छ । भारतको पुणेमा जन्मिएका ६१ वर्षीय नरवणे सातौं शिख लाइट इन्फेन्ट्री युनिटमा आवद्ध रहेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar