काठमाण्डौ – नेप्से घट्ने क्रम जारी रहे पछि सेयर बजारमा सुरु भएको बियरिस ट्रेन्डसंगै नया लगानीकर्ता अन्योलमा परेका छन ।
साना लगानीकर्ता बजारमा खुल्ल नसकिरहेको अवस्थामा लगानी नै डुब्ने चिन्ताले उनिहरु अन्योलमा परेका हुन । अस्वाभाविकरूपमा घटेको सेयर बजारले साना लगानीकर्तालाई निराश बनाएको र ठुला लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा रहेका छन ।
नेपाल स्टक एक्सचेन्जामा गत भदौ ३ मा ३ हजार २ सय बिन्दु भन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको परिसुचक त्यसको अघिल्लो दिन ३ हजार १ सय ९९ दशमलव शुन्य ३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । नेप्से घट्ेर साताको अन्तिम दिन बिहीबार २ हजार ४ सय ४९ दशमलब ९७ बिन्दुमा बन्द भएको हो ।
स्टक एक्सचेञ्जको तथ्याक अनुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिएको छ । चालु आवको पहिलो कारोबार दिन साउन ३ मा २ हजार ९ सय ८० दशमलब ६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर निरन्तर घटिरहेको छ ।
उच्च बिन्दुबाट बजार २३ प्रतिशतभन्दा बढीले घट्दा लगानीकर्ताले १० खर्ब बढीको सम्पत्ति गुमाएका छन । नेप्से उच्च बिन्दुमा पुग्दा बजार पुँजीकरण ४४ खर्ब ६८ अर्ब रहेकोमा अहिले ३४ खर्ब ४४ अर्बमा खुम्चिएको छ । परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । गत ३१ साउनमा दैनिक कारोबार रकम २१ अर्ब भन्दा बढी भएकोमा अहिले आएर करिव ३ अर्बको हाराहारीमा रहेको छ ।
तर सेयर बजारका ठुला लगानिकर्ताको रुपमा परिचित निर्मल प्रधानले भने बजार घटबढ हुनु स्वाभाविक भएको बताएका छन । नेपालको पुँजीबजारमा तरलताले विशेष प्रभाव पारेको कारण पनि बजार ओरोलो लागि रहेको छ । बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा बजार घट्ने गरेको देखिन्छ । जब बैंकमा तरलता बढी हुन्छ सस्तो ब्याजदरमा सेयर कर्जा दिने कार्य बढने गरेको बिगतको कारोबारले देखाएको छ ।
सीडीएस एण्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको संख्या ४७ लाख नाघिसकेको छ भने मेरो सेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । ४७ लाख लगानिकर्तामध्ये संख्याका आधारमा साना लगानीकर्ता निकै बढेको आकलन बजारले गरेको छ । सेयर बजार स्वतन्त्ररुपमा माग र पूर्तिका आधारमा चल्नुपर्नेमा हामीकहाँ भने बजार हल्ला संग चल्ने गरेको छ । पछिल्लो समय गृहणी र महिला लगानिकर्ता सेयर बजारमा बढि आकर्षित भएका छन ।
सानो–सानो पुँजी जम्मा भएर नै दैनिक कारोबार करिब २२ अर्ब सम्म पुगेको थियो । त्यस्ता साना र नयाँ सेयर लगानीकर्ता अहिले बजार घटेसंग्े थप चिन्तित बनेका छन । घटेको बजारमा साना र त्यसमाथि नयाँ लगानीकर्ताको सम्पत्ति घट्दै जाँदा उनीहरुमा डर देखिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar