काठमाण्डौ – दोस्रो संस्करणको साफ यू – १९ महिला फुटबल च्याम्पियनसिप आज बंगलादेशमा सुरु हुँदैछ ।
नेपालले आजै आफ्नो पहिलो खेल बंगलादेशविरुद्ध खेल्दैछ । यसअघि सन् २०१८ मा भुटानमा भएको पहिलो संस्करण यू – १८ टिमबीच प्रतिस्पर्धा भएको थियो । तर पनि नेपालका लागि बंगलादेशविरुद्धको खेल बदला लिने एक मौकाको रुपमा रहनेछ । पहिलो संस्करणमा बंगलादेशविरुद्ध पराजित भएपछि नै नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो । फाइनल १–० ले पराजित भएको नेपाल समूह चरणमा पनि २ – १ ले पराजित भएको थियो ।
राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा पाँच टिम सहभागी छन् । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । राउन्ड रोविनको खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछ ।
बंगलादेशपछि नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर १५ मा खेल्नेछ । नेपालको तेस्रो खेल भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा रहेको छ । फाइनल खेल डिसेम्बर २१ मा हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar