काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु हुँदैछ ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नु हुनेछ । महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार ४ सय प्रतिनिधिहरू काठमाण्डौ आइपुगेका छन् । यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् ।
महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुग्न चाहने नेताहरूले आफ्नो उम्मेदवारीबारे प्रचार प्रसार र भोट माग्ने क्रम पनि सुरू भइसकेको छ । निर्वाचन प्रक्रिया भोलिदेखि सुरु हुनेछ । नयाँ नेतृत्वको लागि मतदान भने २७ गते सोमबार हुनेछ ।
पार्टी सभापतिमा संस्थापन समुहबाट वर्तमान सभापति शेरबहादुर देउवाको उम्मेदवारी पक्का छ । १३ औं महाधिवेशनमा देउवा समुहमै रहनुभएका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि यसपटक सभापतिमा उठ्ने हुनुभएको छ । संस्थापन इतर समुहबाट साझा उम्मेदवार उठाउने प्रयास जारी छ । यो समुहबाट रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र सशांक कोइराला सभापतिका आकांक्षी देखिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar