एजेन्सी – पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ ।
सन् २००३-०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो । नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हरायो ।
योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको छ । खेलको ३४ औँ मिनेटमा थोमस मुलरले बायर्न म्युनिखलाई अग्रता दिलाए भने पहिलो हाफ सकिन लाग्दा लिरोय सानेले अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा जमाल मुसिआलाले तेस्रो गोल गर्दै बायर्नको शतप्रतिशत नतिजा कायम गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar