काठमाण्डौ – संघीय मामिला तथा स्थानिय विकास मान्त्रालयले जारी गरेको वस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ (पहिलो) संशोधनको बुँदा नम्बर १४ (क ७० (च) मा परम्परागत पानीको मुहान, निकास, प्राकृतिक ताल, धाप, नदी, पोखरी, धारा, कुवा, कुण्ड, ढुंगेधारा इनार आदि मास्ने वा प्रतिकुल असरपर्ने गरी कुनैपनि संरचना निर्माण गर्न नपाईने उल्लेख छ । उक्त मापदण्ड अनुसार पोखरी जलासयको डिलबाट ५ मिटर, कुवा ढुङ्गेधारा, सिमाबाट ४ मिटर, इनारबाट बाहिरी घेराबाट ४ मिटर र कुलोको केन्द्र रेखाबाट ४ मिटर दूरी छोडेर मात्रै भवन निर्माण गर्नुपर्ने हुन्छ । तर, कांग्रेस नेता राजेन्द्र बजगाइँले भने राजधानीको बालुवाटारमा खोलाको धार नै परिवर्तन गरी पाँचतारे होटल निर्माण थालेका छन् । बजगाइँको स्वामित्वमा रहेको उक्त निर्माणाधिन होटलले टुकुचा खोलाको धार नै परिवर्तन गरी होटल निर्माण थालेको वर्षौं भइसक्दासमेत नियामक निकाय भने मौन बसेको छ ।
उता निर्माणाधिन पाँचतारे होटल नजिकै रहेको वडा कार्यालयले समेत उक्त बिषयमा चासो नदिएको स्थानियले गुनाशो गर्दै आएका छन् । वडा कार्यालयले त नदेखे झैँ गरेको छ नै भ्रष्टाचार र अनियमितताको छानबीन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत ३ सय मिटरको दुरीमा भइरहेको खोला दोहन नदेखेझैँ गरेको स्थानियको गुनाशो छ । त्यस्तै स्थानियहरुका अनुसार बजगाइँको निर्माणाधिन उक्त होटलमा काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहन विष्ट समेतको मिलेमतो छ । वडाध्यक्ष विष्टकै मिलेमतोमा बजगाइँले होटल निर्माण गरीरहेकाले वडाबाट अनुमति दिईएको उनिहरुको आशंका छ । त्यसो त वडाध्यक्ष विष्ट नेकपा एमालेको नेता भएका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई पनि प्रभावमा पारेको हुनसक्ने उनिहरुले बताए ।
त्यसो त राइलाई तत्कालिन केपी शर्मा ओली सरकारले अख्तियारको प्रमुखमा नियुक्त गरेको थियो । केहि समयअघीमात्र बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकैको सरकारी जग्गा हडप्ने १७५ जना भूमाफिया विरुद्ध मुद्दा चलाएको अख्तियारले ललिता निवास नजिकैको टुकुचा खोलाको धार नै परिवर्तन गरी पाँच तारे होटल निर्माण गर्ने कांग्रेस नेतालाई भने उन्मुक्ती दिनाले झन् आशंका उत्पन्न गरेको एक स्थानियले बताए । काँग्रेस नेता बजगाइँले, ललितानिवासबाट नक्साल तर्फ आउने बाटोमा रहेको पेट्रोल पम्प अगाडीे टुकुचा खोलाको धार नै परिवर्तन गरी पाँचतारे (होटल वर्णवास) निर्माण गरिरहेका छन् । गत २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका थिए ।
आफूलाई पर्यटन व्यावसायी र नेपाली कांग्रेसको नेताको रुपमा चिनाउँदै आएका क्यासिनो व्यावसायी बजगाइँले टुकुचा खोला नै कब्जा गरेर आफ्नो आलिशान होटल बनाइरहँदा समेत नियामक निकायले रहस्यमयी मौनता साँधेका छन् ।
यसअघीपनि बजगाइँमाथि कालोधन ओसारपोसार गरेको आरोप थियो । उनले आफूले विदेशबाट ल्याएको कालोधन अख्तियारदेखि नेतासम्म पुर्याएको सम्पदा अधिकारकर्मीहरुको दावी छ । निर्माणाधिन उक्त होटलमा पनि शंकाष्पद लगानी रहेको स्रोतले जनाएको छ । उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको बताईएको छ ।
बजगाईसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपैयाँ नेपालमा लगानी आएको र सोही रकम उनले खोला कब्जा गरेर बनाइएको विवादास्पद होटलमा लगानी गरेका हुन् । उता सिल्भर हेरिटेज समुहलाई समेत बजगाइँले ठगी गरेको स्रोतले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar