धादिङ – धादिङको सिद्धलेक गाँउपालिकाबाट भएका अधिकांश बिकाशनिर्माणका कार्य तथा योजनाहरुमा भ्रष्टाचार र अनियमितता भएको भन्दै चार राजनितीक दलले सक्रियता देखाएका छन् ।
गाँउपालिका अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधीको मिलेमतोमा भ्रष्टाचार बढ्दै गएको भन्दै सोमबार नेकपा एमाले बाहेकका गाँउपालिकामा क्रियाशिल ४ राजनितिक दलको संयुक्त रुपमा सुचनाको हक अनुसार गाँउपालिका स्थापना कालदेखीकै हिसाव किताव माग गरेका हुन् ।
गाँउपालिकामा नेकपा एमालेबाट प्रेमनाथ सिलवाल बिजयी भएपस्चात् सुरुवाती चरणबाटै जनताको आधारभुत आवश्यकता भित्र पर्ने स्वास्थ्य, शिक्षा खानेपानी लगायतका अनेकौँ क्षेत्रमा आर्थिक अनियमितता हुने गरेको भन्दै उक्त कार्य रोक्न समेत माग गरेको र अध्यक्षले अनियमिततालाई बढावा दिँदै गएको भन्दै सुचनाको हकका आधारमा अधिकांश हिसावकिताव सहितको कागजात माग गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पराज थपलियाले बताए ।
उनका अनुसार केहि समयअघीपनि गाँउपालिकाबाट विभिन्न मितिमा भयगरेका आयोजनाहरुको लागत विवरण माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । तर उक्त पत्रलाई बेवास्ता गर्दै गाँउपालिका भाग्न खोजेपछी राजनितीक दलका तर्फबाट सुचनाको हक अनुसार गाँउपालिका स्थापना कालदेखीकै हिसाव किताव माग गरिएको हो ।
त्यस्तै अघिल्लो ज्ञापनपत्रमा उल्लेखित मुद्दाहरूको सुनुवाइ नभएको र अबपनि सुनवाइ नभय अर्को पटक गाँउपालिका कार्यालय तालाबन्दी लगायतका संघर्सका कार्यक्रममा उत्रिन बाध्य हुने समेत थपलियाले जानकारी दिए ।
सिद्धलेक गाउँपालिकामा पेश गरेको सुचनाको हक मुताविकको विवरणहरूको माग पत्र ।
मिति :- २०७८/८/२०
श्री सिद्धलेक गाउँपालिकाको कार्यालय, बुङचुङ धादिङ ।
विषय : विवरण माग गरेको सम्बन्ध ।
महोदय, सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ को उपदफा (ख) बमोजिम स्थानीय तह र त्यसका वडा कार्यालयहरू सार्वजनिक सेवा प्रवाह गर्ने स्थानीय सरकारका कार्यालयहरू भएकोले नागरिकका जिउधनको सुरक्षामा असर पार्ने बाहेकका सार्वजनिक सेवा प्रवाह सम्बन्धि हरेक कार्यक्रम र गतिविधिहरू बारे यश सिद्धलेक गाउँ पालिका अन्तरगतका अाम सर्वसाधारण नागरिकले सुसुचित हुन पाउनु पर्ने भएकोले निम्न उल्लेखित विवरण बमोजिमको सुचनाहरू अविलम्ब/यथासिघ्र उपलब्ध गराइदिने व्यवस्थाको लागि हार्दिक अनुरोध छ ।
क. तत्कालिन (अार्थिक वर्ष २०७८/७९ को)। अार्थिक वर्ष २०७८/७९ को लागि गाउँ सभाबाट पारित अनुदान वितरण कार्यक्रमको शिर्षकगत बजेट रकम विवरण र कार्यक्रम शुचि (कति जना वा समुहका लागि, कुन वर्ग, क्षेत्र, समुदायका लागि भनी तोकिएको भए सो लक्षित वर्ग समेत खुल्ने गरि) ।
१. अनुदान वितरण कार्यक्रम संचालन गर्न तय गरिएको कार्यविधि र तोकिएका मापदण्डहरूको विवरण ।
२. अनुदान वितरणको लागि सर्वसाधारण सबैले जानाकारी पाउने गरि सुचना कहिले प्रकाशित हुने हो त्यसको मिति अवधि समेत ।
३. अनुदान प्राप्तिका लागि योग्य लाभग्राही छनौट गर्ने विधि के कस्तो छ ? सो को स्पष्ट जानकारी ।
४. अौषधी उपचार अार्थिक सहायता कसकसलाई कति कति वितरण भएको छ, अाजको मिति सम्मको नाम ठेगाना समेतको विवरण ।
ख. कार्यकालको शुरुआत (प्रथम गाउँ सभा) देखिको ।
१. गाउँ पालिका भित्रका सबै डिपबोरिङ निर्माण कार्यक्रमका लागि विनियोजित अनुमानि वजेट र यथार्थ खर्च विवरण (कुन कुन अायोजनामा कति कति लागत परेको हो) ।
२. गाउँ पालिका भित्रका मरनघाट र चोक तथा बजार क्षेत्र जस्ता सार्वजनिक स्थलहरूमा जडान गरिएका सम्पूर्ण सौर्य बत्तीहरूको लागत दररेट तथा जम्मा लागत खर्च रकम परिमाण ।
३. विगतमा छुटअनुदानमा वितरण गरिएका कृषि अौजार-उपकरणहरूको स्पेसिफिकेसन सहितको दररेट र जम्मा वितरित संख्या र खर्च रकम परिमाण ।
४. जिल्ला जनस्वास्थ्य कार्यालयबाट निशुल्क हस्तान्तरण भइअाएको अौषधीको विवरण ।
५. गाउँ पालिकाले खरिद गरेका अौषधीहरूको दररेट सहितको अौषधीको परिमाण र खर्च रकम परिमाण सहितको अोषधीको विवरण।
६. गाउँ पालिकाको कार्यालय लगायत वडा नं. १, ४ र ७ को गोरखा इकोप्यानलका प्रिफ्याव भवनहरूको लागत विवरणहरू ।
७. हाल सम्म गाउँ पालिकाको अध्यक्षले पाए/बुझेको मासिक भत्ता, बैठक, गोष्ठी, तालिम भत्ता र भ्रमण भत्ता (कहाँ, के कामका लागि भ्रमण गरेको, कति दिन भ्रमण गरेको समेत) रकम परिमाण ।
निवेदक:- सिद्धलेक गाउँपालिमा क्रियाशिल चार राजनीतिकदलहरुको तर्फबाट
१. नेपाली काग्रेस (सभापति) रामशरण गिरी ।
२. ने.क.पा. माओबादी केन्द्र (अध्यक्ष) पुष्पराज थपलिया ।
३. ने.क.पा. एकिकृत समाजबादी (संयोजक) खुनराज थापा ।
४. रा.प्र.पा. (अध्यक्ष) तुलबहादुर मगर ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar